सोलुखुम्बु पञ्चनका अग्निपीडितलाई आर्थिक सहयोग

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनका अग्निपीडित परिवारलाई रू तीन लाखभन्दा धेरै आर्थिक सहयोग गरिएको छ ।
युवाहरुको सक्रियतामा विभिन्न व्यक्तिहरुबाट सङ्कलन गरिएको रू तीन लाख तीन हजार छ सय रकम अग्निपीडित परिवारलाई वडामा नै पुगेर हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य नवीन थापाको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले हस्तान्तरण गरे । आगलागीबाट घर गुमाएका पूर्णबहादुर भण्डारी, हस्ती माया राई, बुद्धि माया सार्कीको परिवारलाई नगद रू ५५÷५५ हजार, निशान्त राई, दिलकुमार राई र पारशमणि राईको परिवारलाई रू २५÷२५ हजार प्रदान गरिएको अभियान्ता नवीन थापाले जानकारी दिए ।
यस्तै गोठ घाँस तथा पशु क्षति भएका कालेबहादुर अधिकारीलाई रू १० हजार, सेतिदेवी कार्की, वुद्धिबहादुर कार्की, लाखधन राई र वसन्त राईलाई नगद रू पाँच÷पाँच हजार प्रदान गरिएको छ । आगलागी नियन्त्रणको क्रममा घाइते भएका
सनबहादुर सार्कीलाई रू पाँच हजार र हिराबहादुर विश्वकर्मालाई रू चार हजार प्रदान गरिएको संयोजक थापाले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला र वडाध्यक्ष इन्द्रमणि दाहालको पनि उपस्थिति रहेको थियो । गत वैशाख १८ गते जङ्गलको डढेलो बस्तीमा प्रवेश गर्दा पञ्चनमा १० घरसहित गोठ तथा मतान जलेर नष्ट भएको थियो ।
















चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया