सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक

काठमाडौँ । सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेटको यो ट्रेलरमा फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक देख्न सकिन्छ ।
शोको यो नयाँ सिजनमा जम्मा ८ एपिसोड हुनेछन् । दीपक कुमार मिश्राले निर्देशन गरेको यो शृङ्खला मे २८ बाट प्राइम भिडियोमा स्ट्रिम हुनेछ ।
ट्रेलरमा एकातिर सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । अब यो नयाँ सिजनमा बनरकस पनि यी दुबैको पछि लागेका छन् ।
हिन्दी बाहेक, पञ्चायत ३ तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि प्रिमियर हुनेछ। सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् ।
यसअघिका दुवै सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=9N3cFoLFjvw









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया