सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा
मेरोन्यूज
२०८१ जेठ ४ गते ९:०१

काठमाडौँ । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ ।
गएराती सम्पन्न गुजरात टाइटन्सविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।
योसँगै सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स प्लेअफमा पुगिसकेका छन् । अब प्लेअफको एक स्थानका लागि चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने देखिएको छ । दुवैबीच शनिबार खेल हुदै छ ।
त्यस्तै गुजरात टाइटन्सले भने पछिल्ला दुई खेल बर्षाले रद्द भएसँगै १४ खेलमा १२ अंक बटुलेर यो सिजन सकाएको छ । गुजरात यसअघिको सिजनमा उपविजेता र २०२२ मा विजेता बनेको थियो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया