टाटा गाडीको समर सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेकल, इलेकट्रिक भेकल र कर्मसियल गाडीहरुको बिक्री बितरण गर्दै आएको छ ।
टाटाको सर्भिस सेन्टर, पार्टस्, नेपाल अधिराज्यभरि जतासुकै उपलब्ध छन् । पछिल्लो समय टाटाको प्यासेन्जर भेकलमा इलेक्ट्रक भेकलले ठुलो हिस्सा ओगटेको छ । प्यासेन्जर भेकल तथा ट्याक्सीका रुपमा उसका गाडीहरु प्रयोग हुँदै आएका छन् ।
हालै सिप्रदीले टाटा प्यासेन्जर भेकल तथा इभि गाडीका लागि कपनकाे बालुवाखानीमा सर्भिस सेन्टर सुरु गरेको छ ।

करिब १० रोपनी क्षेत्रफलमा अत्याधुनिक प्रविधियुक्त उपकरणहरु जडित उक्त सर्भिस सेन्टरमा १२ वटा गाडी एकैपटक सर्भिस गर्न सकिन्छ भने ११ वटा गाडी एकैपटक चार्ज गर्न सकिन्छ ।


साथै सर्भिसका लागि आउने ग्राहकका लागि सुविधासम्पन्न आराम कक्षको समेत व्यवस्था गरिएको छ ।
ग्राहकहरुको सुवधाको मध्यनजर गर्दै सिप्रदी कम्पनीले यही जेठ ३ र ४ गते बालुवाखानीमा टाटा समर सर्भिस क्याम्पको आयोजना गरेको थियो । उक्त क्याम्पमा ८० वटा गाडी सर्भिस गरिएको थियो ।
















६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया