राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ‘सर्ट लिस्ट’मा पाँचजना छनौट भएका छन्।
छनौट भएका पाँचमध्येबाट अब एकजनाले पाँच वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।
जेठ ६ गतेको बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकबाट छनौटमा पर्नेहरूमा क्रमशः कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर रहेका छन् । परेकामध्ये खनाल र अधिकारीबीच प्रतिष्पर्धा हुने देखिन्छ । खनाल अहिले पनि बैंकमा निमित्त सिइओको जिम्मेवारीमा छन् । कृष्ण बहादुर अधिकारी भने नेपाल बैंकका पूर्व सीईओ हुन् ।
सीईओ पदमा दरखास्त दिएकाहरूमध्येबाट उम्मेदरवारको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनालाई छनौट गरिएको बताएको छ । समितिले उल्लिखित पाँचै जना उम्मेदरवारलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन भनेको छ ।
अन्तर्वाताका लागि सञ्चालक समितिको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया