वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्वर साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।
पक्राउमध्ये धनेश्वरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट २० लाख रूपैयाँ, सिकेन्दरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ र भविन्द्रनाथले मौरिसस पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७२ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले धनेश्वरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौं नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।










वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
प्रतिक्रिया