स्लट लिभरपुलको प्रशिक्षक नियुक्त
मेरोन्यूज
२०८१ जेठ ८ गते ७:३८

काठमाडौँ । आर्ने स्लट लिभरपुलको प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।
उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।
४५ बर्षिय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । नेदरल्याण्डसका स्लोट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन् ।
जर्गेन क्लोपले लिभरपुलमा ९ बर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया