बुधबार, वैशाख ९, २०८३

सन्दीपलाई अमेरिका पठाउन क्यानले थाल्यो प्रक्रिया

मेरोन्यूज २०८१ जेठ ८ गते २१:४४

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका पठाउने प्रक्रिया अगाडि बढाएको छ । 

Advertisement
NiccNicc

मंगलबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।  

उनका अनुसार सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा क्यानले आईसीसीसँग पहल गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ  International Cricket Council लगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको र संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडि बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु ।’

बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो ।

  

प्रतिक्रिया