महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण
मेरोन्यूज
२०८१ जेठ ८ गते २२:००

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औँ वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यमिक विद्यालय नक्साल काठमाडौँमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित छात्रवृत्ति श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरू र बैंक व्यवस्थापनको रोहबरमा छात्र मण्डललाई हस्तान्तरण गरेका हुन् ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
सम्बन्धित













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया