गणतन्त्र दिवसमा भक्तपुरमा खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरमा नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नका लागि चेसका भेट्रान्स् गणेशमान दुवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ ।
प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूका अनुसार प्रतियोगितामा देशविदेशका जसले पनि सहभागिता जनाउन सकिने खुल्ला हो ।
प्रतियोगितामा सहभागी हुन जेठ १३ गतेसम्मलाई अन्तिम नाम दर्ता गर्ने समय राखेको र ८० जना खेलाडी पुगेपछि सहभागिता दर्ता बन्द गर्ने योजना रहेको उनले सुनाए ।
प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइने उनले जानकारी गराए ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको छ ।
साथै यी तीनसहित कुल १९ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिने जनाइयो ।
प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा हुन लागेको हो ।















काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया