सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

सिरहा । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् ।
लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जङ्गलसँगै जोडिएको करिब तीन बिघा क्षेत्रफलमा फैलिएको राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निदान र कार्य सफलताको कामना गर्दै भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र चौधरीले राससलाई बताए।
मन्दिर आसपासको क्षेत्रमा हिजोदेखि नै मेलाभर्नेको चहलपहल बढेको छ । व्यवस्थित ढङ्गले मेला सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर चार सय स्वयंसेवक खटाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।
मेलास्थल नजिक राजदेवी ताल, गोसाइँकुण्ड, शिव डाँडा, हात्तीदह सिमसार क्षेत्र, बानो गाउँ आकर्षक रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा स्थानीय बुद्धीजीविले जोड दिएका छन् ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राजदेवी पञ्चावती मन्दिर क्षेत्रको संरक्षणका साथै यो क्षेत्रको पर्यटकीय विकासका लागि नगरपालिकाले काम गरिरहेको बताएका ।
















Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया