किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण

ढोरपाटन (बागलुङ)। पहाडैपहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ । विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ । ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् ।
चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पु¥याएको छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पु¥याउन सहज हुने भएको छ । गाउँपालिकाले रु सात करोडको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो । चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पु¥याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उहाँको भनाइ छ ।
चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन् । ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले ठूलै लगानी गरेर सम्पन्न गरेको उनको भनाइ छ । अब चक्रपथको स्तरोन्नति गरिने उनले बताए ।
“लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौँ नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन्”, अध्यक्ष शर्माले भने, “यो सडक गाउँपालिकाको गौरवको आयोजना हो । हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ ।”
स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताए । यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उनले बताए । गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पु¥याउन सजिलो भएको छ । “पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पु¥याउनुपथ्र्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पु¥याउन सकिन्छ”, पुनले भने ।















पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया