बिहीबार, चैत १२, २०८२

दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम साढे ४ अर्ब

मेरोन्यूज २०८१ जेठ १३ गते १६:१३

काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २ हजार १०९.३४ को बिन्दुमा कायम भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार ३१५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ बराबरको कारोबार भएको छ । 

आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ३.३७ र म्युचुअल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २. १९ र जलविद्युत् समूह १. ६२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६. ३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार ८३३ बराबरको कारोबार भएको छ । 

प्रतिक्रिया