शनिबार, वैशाख १९, २०८३

सन्दीप भन्छन्-  मेरो सपना पूरा नभए पनि खुसी छु

मेरोन्यूज २०८१ जेठ १४ गते १५:४०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

Advertisement
NiccNicc

सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै  लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् ।

उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’

बलात्कार मुद्धामा पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी-२० विश्वकप खेल्न जान बहने अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन् । 

प्रतिक्रिया