विकल पौडेल विशेष अदालतबाट भ्रष्टाचारी ठहर
मेरोन्यूज
२०८१ जेठ १४ गते २१:४४

काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई भ्रष्टाचारी ठहर गरेको छ ।
झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा उनलाई न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारी ठहर गरेको हो ।
विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेस गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ ।
अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र ९पीआर० लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सम्बन्धित















विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
प्रतिनिधिसभा निर्वाचनः आयोगले ९ प्रकारका सामग्री पठाउने
PM Karki wishes success to Nepal cricket team in T-20 World Cup
ललितपुर खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया