विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना

काठमाडौं । आन्तरिक रोजगारीलाई प्रवर्द्धन तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला सुरु गरिने महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
मेलामा श्रम मन्त्रालय तथा मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्था, सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घ र होटल सङ्घ नेपालले विराटनगरमा ५० कक्ष राखी रोजगार उपलब्ध गराइने छन् ।
मेलामा अदक्ष र दक्ष युवालाई स्थानीय उद्योग, व्यावसायिक प्रतिष्ठानले आवश्यकताअनुसार रोजगारीको अवसर प्रदान गर्नाका साथै नेपाल सरकारले तोकेअनुसारको पारिश्रमिक उपलब्ध गराउने महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने जानकारी पाउनाका साथै रोजगारीका लागि आवश्यक सीपका बारेमा जानकारीसमेत गराउने व्यवस्था रहेको अध्यक्ष राउतले बताए ।
मेला मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा वागमतीको ललितपुरमा जेठ २९ र ३० गते आयोजना गरी समापन गरिने छ ।
















Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया