आगामी डेढ महिनामा करिब चार खर्ब राजस्व उठ्ने
मेरोन्यूज
२०८१ जेठ १५ गते १६:०५

काठमाडौं । आगामी डेढ महिनामा करिब चार खर्ब राजस्व उठ्ने
अर्थमन्त्री वर्षमान पुनले आगामी डेढ महिनाको अवधिमा करिब चार खर्ब रूपैयाँ राजस्व उठ्ने अनुमान प्रस्तुत गरेका छन्।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले चालु वर्षमा १२ खर्ब ५३ अर्ब राजस्व उठ्ने प्रक्षेपण गरेको बताएका हुन्।
चालु वर्ष सकिन अब डेढ महिना मात्रै बाँकी छ। अहिलेसम्म ८ खर्ब ६३ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको छ।
यस्तै चालु वर्षमा १७ खर्ब ५१ अर्बको बजेट विनियोजन गरिएकोमा १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने आकलन गरिएको छ।
जसमध्ये चालु खर्च १० खर्ब ६७ अर्ब, पुँजीगत खर्च दुई खर्ब १५ अर्ब र वित्तीय व्यवस्थापन खर्च दुई खर्ब ८७ अर्ब हुने अनुमान गरिएको छ।
सम्बन्धित
















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया