आगामी डेढ महिनामा करिब चार खर्ब राजस्व उठ्ने
मेरोन्यूज
२०८१ जेठ १५ गते १६:०५

काठमाडौं । आगामी डेढ महिनामा करिब चार खर्ब राजस्व उठ्ने
अर्थमन्त्री वर्षमान पुनले आगामी डेढ महिनाको अवधिमा करिब चार खर्ब रूपैयाँ राजस्व उठ्ने अनुमान प्रस्तुत गरेका छन्।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले चालु वर्षमा १२ खर्ब ५३ अर्ब राजस्व उठ्ने प्रक्षेपण गरेको बताएका हुन्।
चालु वर्ष सकिन अब डेढ महिना मात्रै बाँकी छ। अहिलेसम्म ८ खर्ब ६३ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको छ।
यस्तै चालु वर्षमा १७ खर्ब ५१ अर्बको बजेट विनियोजन गरिएकोमा १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने आकलन गरिएको छ।
जसमध्ये चालु खर्च १० खर्ब ६७ अर्ब, पुँजीगत खर्च दुई खर्ब १५ अर्ब र वित्तीय व्यवस्थापन खर्च दुई खर्ब ८७ अर्ब हुने अनुमान गरिएको छ।
सम्बन्धित













गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया