शनिबार, पुष १२, २०८२

प्रहरीको ३० वर्षे सेवाअवधी पुनरावलोकन गरिने

मेरोन्यूज २०८१ जेठ १५ गते १८:४५

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद र सेवाअवधी पुनरावलोकन हुने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् ।

कार्यान्वयनमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ३० वर्षे सेवाअवधी प्रावधानका कारण अनिवार्य अवकाशमा जाँदै आएका छन् ।

निजामती कर्मचारीमा भने अनिवार्य अवकाशमा उमेर ५८ वर्ष छ । सशस्त्र र नेपाल प्रहरीले पनि उमेरहद ५८ वर्ष बनाउनुपर्ने तथा ३० वर्षे सेवाअवधी हटाउनुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया