इलेक्ट्रिक गाडीमा कर बढ्यो, अब मूल्य पनि बढ्ने

काठमाडौं । सरकारले सबै विद्युतीय गाडीमा कर बढाएको छ। ५० किलोवाटसम्मका इन्ट्रिलेभलका कारमा भन्सार र अन्तशुल्क ५–५ प्रतिशत बढेको हो।
आर्थिक विधेयक मार्फत बढी किलोवाटका गाडीमा अन्तशुल्क घटाएर भन्सार महशुल बढाइएको छ।
आर्थिक विधेयक अनुसार सरकारले हाल मोटर पिकपावर ५० किलोवाटसम्म १० प्रतिशत भन्सार महशुल रहेकोमा अन्तशुल्क ५ प्रतिशत थप गरेको छ भने १० प्रतिशत रहेको भन्सार महशुल १५ प्रतिशत पुर्याएको छ।
कुनैमा अन्तशुल्क र कुनैमा भन्सार बढाउदै समग्रमा १० प्रतिशत कर बढाएको छ । ५० किलोवाटसम्मको ईभीमा सरकारले भन्सार दर १० प्रतिशतमा ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्याएको छ। अन्तशुल्क छुट थियो । ५ प्रतिशले बढाइएको छ । समग्रमा १० प्रतिशत कर बढाइएको छ ।
५१ देखपि १०० किलोवाटमा ५र५ प्रतिशत प्रतिशत भन्सार र अन्तशुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो ।
१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क पुर्याएको छ । यस अघि भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ ।१० प्रतिशत अन्त शुल्क घटेको छ ।
३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ ।













कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया