सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताएका छन्।
पार्टीका पोलिटब्युरो सदस्य देवशङ्कर पौडेलले लेखेका ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन गर्न आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गरेका छन् ।
समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा आएको निराशाले राजनीतिक व्यवस्थाप्रति खतरा रहेको बताउँदै उनले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढन नसकेको बताउँदै उनले राजनीति सहज बनाउन तीनै तहका सरकारले यथाशीघ्र नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताए ।
उनले विमोचित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिँदै आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गरेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया