मलाइका र अर्जुनको ब्रेकअप, मित्रता भने कायमै रहने

काठमाडौँ । मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ ।
मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ ।
अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्बजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकि थिइन् ।
यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।
मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै लग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया