बिहीबार, फागुन ७, २०८२

सशस्त्र प्रहरीद्धारा नेपाल चीन सीमाका स्तम्भको अनुगमन

मेरोन्यूज २०८१ जेठ २१ गते १४:४१
This image has an empty alt attribute; its file name is 5.jpg-51-1024x768.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को  अनुगमन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेको  थियो ।

समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाई तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुत सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो । जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता भएको छ ।

साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दुरिमा रहेको छ । सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बिचबिचमा पाल टागेर बसेको थियो ।

प्रतिक्रिया