बिहीबार, वैशाख २४, २०८३

गिरीबन्धु टी-स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्

मेरोन्यूज २०८१ जेठ २१ गते १८:१३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

Advertisement
NiccNicc

सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले टी–इस्टेटबारे बालेनलाई सोध्न आग्रह गरेका हुन् ।

सञ्चारकर्मीहरूको गिरीबन्धु टी स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्।’

मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस् लेख्दै अध्यक्ष ओलीले गिरीबन्धु टी–इस्टेटको १० हजार करोडको काण्ड लुकाउन जग्गा बाँड्ने प्रलोभन देखाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया