सेनाले मनायो अन्तर्राष्ट्रिय शान्ति सेना दिवस

काठमाडौँ। नेपाली सेनाले शान्ति सेना दिवस मनाएको छ। विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकहरुले पुर्याएको योगदानको स्मरण र कदर स्वरुप संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष २९ मेमा मनाउँदै आएको संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘भविष्यको लागि फिट, सँगै राम्रो निर्माण’ नारासहित सोमबार मनाएको छ ।
नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा नेपाली शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण र कदर स्वरुप विविध कार्यक्रम सञ्चालन गरी उक्त दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि युद्धकार्य विभागका विभागीय प्रमुख, उपरथी श्री प्रेमध्वज अधिकारीले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने देहायमा उल्लिखित सैनिकहरुका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा विभिन्न मितिहरुमा मरणोपरान्त प्रदान गरिएको ‘डैग ह्यामरस्कजोल्ड’ पदक र प्रधान सेनापति प्रभुराम शर्माद्वारा प्रदान गरिएको प्रशंसापत्र हस्तान्तरण गरे ।
कार्यक्रममा गत वर्ष शान्ति सैनिकको रूपमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ अतुलनीय योगदान पुर्याका सह सेनानी रुकेश नेपाली, सुबेदार नवराज गिरी र हुद्दा भुवन भुजेललाई समेत प्रधान सेनापतिद्वारा प्रदान गरिएको कदरपत्र हस्तान्तरण गरिएको थियो ।
लेबनानमा संयुक्त राष्ट्र पर्यवेक्षण समूह (युएनओंजीआइएल) मिशनमा ५ जना नेपाली सैनिक पर्यवेक्षकहरुको सहभागिताका साथ सन् १९५८ बाट सुरुवात भएको विश्व शान्ति कार्यमा नेपाली सेनाको सहभागिता ६ दशकभन्दा लामो रहेको छ ।हालसम्म विभिन्न ४४ वटा मिसनहरूमा नेपाली सेनाका १ लाख ५१ हजार ४९१ जना शान्ति सैनिकहरूले विश्व शान्ति स्थापनार्थ विशिष्ट योगदान दिइसकेका छन् भने सो क्रममा ७३ जनाले वीरगति प्राप्त गरेको नेपाली सेनाले जनाएको छ।
हाल ५ हजार ८ सय ८३ जना नेपाली शान्ति सैनिकहरू विश्वका विभिन्न ११ वटा शान्ति मिसनहरूमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ शान्ति सैनिक खटाउने मुलुकहरू मध्ये नेपाल पहिलो स्थानमा रहेको छ । त्यसै गरी महिला शान्ति सैनिक खटाउने राष्ट्रहरुमा समेत नेपाल पहिलो स्थानमा रहेको छ । हालसम्म २ हजार ६ सय ९४ जना महिला शान्ति सैनिकहरुले विभिन्न शान्ति मिसनहरुमा योगदान दिईसकेका छन् भने हाल ६ सय ६१ जना कार्यरत छन् ।
कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाका साथै विश्व शान्ति स्थापनार्थ वीरगति प्राप्त गर्ने सैनिकका परिवारजनको उपस्थिति रहेको थियो ।

















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया