मंगलबार, माघ ६, २०८२

अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन माग

मेरोन्यूज २०८१ जेठ २२ गते १५:१४

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग राखेका छन् ।

Advertisement
thakur moters insidethakur moters inside

उनिहरुले बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताको माग गर्दै शान्तिवाटिकामा ३६ दिनदेखि अनशनरत अपाङ्गता भएका दीपक भण्डारी बिरामी भएर अस्पतालमा भर्ना भएका सदनलाई अवगत गए । अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ लागू गर्नुपर्ने र तत्काल अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोगीको उपलब्ध गराउनुपर्नेमा सांसद परियारले जोड दिए ।

सांसद अधिकारीले सहाराविहीन अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था गर्ने नियामावलीलाई यथाशीघ्र लागू गर्न सम्बन्धित मन्त्रालयलयाई निर्देशन दिनुपर्ने बताए ।

प्रतिक्रिया