बिहीबार, वैशाख २४, २०८३

गणतन्त्रपछि भौतिक पूर्वाधारले फड्को मारेको छः सभापति राई

मेरोन्यूज २०८१ जेठ २२ गते १९:३५

काठमाडौँ । राष्ट्रियसभाको विधान व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले गणतन्त्रप्राप्तिपछि मुलुकको भौतिक पूर्वाधार विकासले फड्को मारेको बताएकी छिन् ।

Advertisement
NiccNicc

गणतन्त्र दिवस(२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपश्चात् उनले गणतन्त्रपछिको उपलब्धिलाई तस्बिर प्रदर्शनीले चित्रण गरेको उल्लेख गरिन् । “गणतन्त्रपछि भौतिक पूर्वाधारको विकास तीव्र रुपमा भएको छ, प्राविधिक रुपमा मलुकले फड्को मारेको छ भन्ने तस्बिरले चित्रित गरेको छ”, सभापति राईले भनिन्, “आर्थिक, सामाजिक, मानवीय विकासलाई अझ गति दिन जरुरी छ ।”

उनले राससमा प्रर्दशित तस्बिरले मुलुकको विकासको चित्र प्रस्तुत गरेको र यसले राजनीतिकर्मी र जनप्रतिनिधिलाई देशको चित्र कस्तो निर्माण बनाउने हो भन्ने सन्देश दिएको बताइन् । उनले भनिन्, “गणतन्त्रप्राप्तिपछि केही पनि नभएको भन्न मिल्दैन, संविधान जारीभएपछि सबैथोक भएको भन्न पनि मिल्दैन ।”

सांसद राजेन्द्रलक्ष्मी गैरेले गणतन्त्रपछि देशको विकास तीव्र गतिमा भइरहेको धारणा राखिन् । राससको तस्बिर प्रदर्शनीले विगतका उपलब्धि र आगामी दिनमा कसरी जानुपर्छ भन्ने सन्देश दिएको छ । उनले भनिन्, “अहिलेको अवस्थामा देशको विकासले गति लिएको छ । देश सुरुङमार्गमा प्रवेश गरिसकेको छ । सडक पूर्वाधारले फड्को मारेको छ । केही भएको छ भन्ने सन्देश तस्बिरले बोलेको छ ।”

सांसद गोमादेवी तिमिल्सिनाले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको उल्लेख गरिन् । उनले अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउँदै जनताको विश्वास र भरोसा अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया