पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ
मेरोन्यूज
२०८१ जेठ २३ गते १८:५८

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताएका छन् ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उनले प्रत्येक नागरिकले घरमा एक÷एक रुख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गरे।
प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढिपहिरो रोकथाममा योदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराए।
त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवं सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए ।
सम्बन्धित









लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया