पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ
मेरोन्यूज
२०८१ जेठ २३ गते १८:५८

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताएका छन् ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उनले प्रत्येक नागरिकले घरमा एक÷एक रुख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गरे।
प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढिपहिरो रोकथाममा योदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराए।
त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवं सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया