एमाले काठमाडौँको सातौँ अधिवेशनको तयारी
मेरोन्यूज
२०८१ जेठ २४ गते २०:५२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को काठमाडौँ जिल्लाको कमिटीले सातौँ अधिवेशनको तयारी गरेको छ ।
भृकुटीमण्डपमा यही जेठ २६ देखि २८ गतेसम्म हुने अधिवेशनलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले काठमाडौँले जानकारी दिएको छ ।
दश वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लाभरबाट पाँच सय ८५ जनाभन्दा बढी प्रतिनिधि तथा हजारौँ पार्टी नेता तथा कार्यकर्ता सहभागी हुने एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष निरौलाले उद्घाटनसत्रपछि जेठ २७ गते हुने बन्दसत्र सञ्चालनका लागि एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी दिएका छन् ।
सम्बन्धित
















सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया