सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी विक अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनी विकको अवसरमा साताभर विविध कार्यक्रम भएका छन् ।
यस वर्षको ग्लोबल मनी विकको नारा ‘स्मार्ट मनी टक्स’ रहेको थियो । बैंकले सात प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
बैंकिङ सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने प्रयास गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यी कार्यक्रममा २ हजार १७१ जना विद्यार्थीको सहभागिता रहेको थियो । साथै बैंकको आधारभूत बैंकिङ सञ्चालन पद्दतिबारे जानकारी गराउने उद्देश्यले ४७८ जना विद्यार्थीलाई विभिन्न शाखाको भ्रमण कार्यक्रम पनि गरिएको थियो।
देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरु समेत प्रकाशन गरेको थियो । वित्तीय सचेतनाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास स्वरुप बैंकद्वारा गरिएको कार्यक्रमहरुबाट ग्लोबल मनी विक २०२६ का मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकले विश्वास लिएको छ ।
















सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया