भक्तपुरको विद्यालयमा निर्वाचन : आफ्नो नेता आफै छान्दै विद्यार्थी

भक्तपुर । असाध्यै कडा सुरक्षा व्यवस्था । त्यति हुँदाहुँंदै पनि मानिसको भीड । लाइनमा रहेर व्यग्र प्रतिक्षा । यो दृश्य हो, भक्तपुरको एउटा स्कुलमा भएको निर्वाचनको ।
भक्तपुरको एभरेस्ट स्कुलले निर्वाचन कार्यक्रम गरेको थियो । विद्यार्थीलाई आफ्ना नेता छान्न लगाउन निर्वाचन गरेको थियो । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थीले मतदान गरेर आफ्ना चार जना नेता छनोट गरेका हुन् ।
स्कुलले जनाएअनुसार स्कुलमा चारवटा सदन छन् । प्रत्येक सदनमा एकजना नेता निर्वाचनबाट छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । चुनावमा कक्षा ६ देखि कक्षा १० सम्मका पाँंच सय ९५ जना विद्यार्थीले मतदान गरेका थिए ।
स्कुलका संस्थापक प्रधानाध्यापक भक्त राजभण्डारीले विद्यार्थीलाई आफ्ना नेता आफैं छान्नका लागि चुनाव गराएको जनाए । उनका अनुसार प्रत्येक सदनबाट एकएक जना गरी चार सदनका लागि चार जना नेता चयन गर्न चुनाव भएको हो । एकजना नेता चुन्नका लागि घटीमा चारदेखि सातजनासम्म उम्मेदबारी परेको थियो । लेखनाथमा ४, लक्ष्मीमा ५, मोतीमा ५ र भानुमा ७ गरी कुल २१ जना चुनावी मैदानमा होमिएका थिए । उनीहरुमध्ये एउटा सदनबाट एकएक जना विजयी हुनेछन् ।
स्कुलका शिक्षक जगन्नाथ खतिवडाले विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन पनि निर्वाचन गरिएको बताए । त्यसअनुसार उम्मेदवार मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । त्यसअनुसार गोप्य मतदान गराइएको थियो । मतदान विहान ११ बजेबाट सुरु भएको थियो ।
निर्वाचनमा मतदान साँझ सकिएको थियो । मतदान सकिएपछि सर्वदलीय बैठक बसी मतगणना सुरु गरिएको थियो । त्यसअनुसार विहीबार नै विजयीको नाम घोषणा गरिएको थियो ।
स्कुलले जनाएअनुसार निर्वाचित नेताहरूले स्कुलका हरेक अरिरिक्त क्रियाकलापमा सक्रियतापूर्वक अन्य विद्यार्थीलाई सहभागी बनाउने भूमिकामा रहने छन् । उनीहरूले पूरै स्कुलका छात्रछात्रालाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउने भूमिकामा रहने छन् । ६ कक्षाभन्दा मुनिका बालबालिकालाई बालिग (उमेर नपुगेका मतदाता) मानेर मतदान गराइएको थिएन ।
एभरेस्ट स्कुल जिल्लाकै एउटा उत्कृट स्कुल हो । एसईईमा बोर्ड उत्कृष्टको व्यवस्था रहेको बेला यो स्कुलबाट एकपटक छात्रा बोर्ड फष्ट र अर्काेपटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको थियो ।
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया