बास्केटबल टोली चीन जाने

काठमाडौं। छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ ।
जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा मनीष केसी (कप्तान), निकेश राखाल मगर, सुदिप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा सुशिल गुरुङ रहेका छन् ।
चीनकै युनानमा गत बैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनीष र निकेश त्यो टोलीका सदस्य थिए । प्रशिक्षक पनि सुशिल नै थिए । युनानको प्रतियोगितामा नेपाली टोली जि टु जिअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा सहभागी भएको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहो¥याने विश्वास व्यक्त गरे ।
अध्यक्ष गुरुङले बास्केटबललाई माथि उठाउन राखेपले राम्रो सहयोग गरिरहेको बताउदै सदस्य–सचिवलाई धन्यवाद दिए ।
सोही अवसरमा सदस्य–सचिव घिसिङले ग्रिसको ओलम्पियामा हुने ६४ औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिन जाने बास्केटबल खेलाडी अनुषा मल्ललाई पनि बिदाइ गरेका थिए ।















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया