टी-२० विश्वकपमा क्यानडाको पहिलो जित

काठमाडौँ । क्यानडाले जारी आसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।
पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।
क्यानडाले दिएको १३८ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाएपछि खेल क्यानडाले १२ रनले जितेको हो ।
यसअघि क्यानडाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
समुह ए मा यो जितपछि क्यानडाले २ अंक हासिल गरेको छ । पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको क्यानडाले दोस्रो खेलमा जित हासिल गरेको हो ।
त्यस्तै आयरल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । आयरल्याण्डले पहिलो खेल भारतसँग हारेको थियो ।
अब क्यानडाले अर्को खेल जुन ११ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने आयरल्याण्डले भने जुन १४ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया