बिहीबार, वैशाख २४, २०८३

भारत भ्रमणअघि राष्ट्रपति र प्रधानमन्त्री बिच भेटवार्ता

मेरोन्यूज २०८१ जेठ २६ गते २१:४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

Advertisement
NiccNicc

राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया