सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने
मेरोन्यूज
२०८१ जेठ २८ गते ८:०५

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् ।
अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ ।
क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यस अघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।
नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यस पछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।
यस अघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।
सम्बन्धित
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया