पर्यटकको पर्खाइमा थासाङको सेकुङ र भुतर्छो ताल (भिडियाे)
म्याग्दी । स्थलमार्गबाट मुुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुमा पर्ने थासाङ गाउँपालिका–२ मा रहेको सेकुङ र भुतर्छो ताल पर्यटकको पर्खाइमा छन् ।
समुन्द्रि सतहदेखि दुई हजार ६८३ मिटरको उचाईमा सल्ला र धुपीका रुखहरु रहेको जंगलको विचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब पाँच सय मिटर, चौडाई पचास मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ ।
करिब १५० मिटर लम्बाई र विस मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्रि सतहदेखि दुई हजार ७२५ मिटरको उचाईमा अवस्थित छ । ताल परिसरमा चौरि, भेडाबाख्रा र गाईभैसीको चरन खर्क छ ।
करिब तीस मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ । दुई वटै तालको पृष्ठभुमिमा पुर्वतर्फ निलगिरि र पश्चिममा धौलागिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।
बेनी–जोमसोम सडकको ताङछर देखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने साढे तिन किलोमिटर सडक निर्माण भएको छ । पर्यटन विभाग र थासाङ गाउँपालिकाको लागत साझेदारीमा तालको वरपर पैदलमार्ग, सार्वजनिक शौचालय लगायतका पूर्वाधार निर्माण भएको छ । सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
सेकुङ र भुतर्छो ताल धवलागिरि आईसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैसी, भेडाबाख्रा र चौरी गोठ रहन्छन् । चलचित्र र गितका म्युजिक भिडीयो छायांकनका लागि यो ताल “भर्जीन” स्थल बन्न सक्ने सम्भावना रहेको छ ।

















काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया