विश्वकप छनौट : नेपालले आज यमनसँग खेल्दै

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५ बजेदेखि शुरु हुने छ ।
यस अघि गत विहिबार खेलेको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।
समुह एचमा रहेको नेपालले यस विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ । नेपाल यस अघि यमनसँग गत नोभेम्बर २१ मा भएको खेलमा २-० ले पराजित भएको थियो ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया