भन्सार छलि लैजान लागेको सुनलगायतका सामानसहित दुई जना पक्राउ

काठमाडौं । अवैध रूपमा भन्सार छली गरी संलकन गरी लैजान लागेको अन्दाजी २५ ग्रामको सुनजस्तो देखिने पहेंले धातुको सिक्री १ थान, आईफोन १३ प्रो म्याक्स १ थान, रेडमि मोवाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाँचथर फालेजुङ गाउँपालिका-३ स्थायी वतन भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका-५ स्थायी वतन भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका छन् ।
हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई भविमानले संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको जनाएको छ ।


















सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया