काँक्रोको बिउबाट सम्बृद्ध बन्दै सल्यानका कृषक (भिडियाे)

पर्वत । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका कृषकहरुले काँक्रोको विउबाट आर्थिक उन्नति गरेका छन् ।
भक्तपुरे लोकल जातको काँक्रोको विउका लागि सल्लान गाउँ स्रोत केन्द्र बनेको छ । १ हजार रोपनी भन्दा बढी जमिन भएको सल्यानको फाँटभरि कृषकले बिउका लागि काँक्रो खेती गरेका छन् । हिजोआज सल्यानका कृषकलाई काँक्रोको बिउ संकलन, प्रसोधन, भण्डारण र बजार पु¥याउन भ्याई नभ्याई छ ।
सल्यानका यहाँका करिब एक सय २० घरधुरीले बिउँ उत्पादनका लागि काँक्रो खेती गरेका छन् । यस वर्ष करिब रु. एक करोड पचास लाख बढीको काँक्राको बिउँ उत्पादन हुने अनुमान गरिएको अगुवा कृषक एकनारायण पौडेलले बताए ।
काँक्रोको विउ प्रतिकेजी ८ देखि १० हजार रुपैयाँमा बिक्री हुन्छ । पोखरा, काठमाडौँका व्यवसायीहरूले बिउँको अग्रिम माग गरेका छन् । विउले राम्रो मूल्य पाएको कृषक टेकनारायण आचार्यले बताए। एक जना कृषकले काँक्रोको बिउ बेचेर वार्षिक रु. दश लाख सम्म आम्दानी गर्छन् ।
यहाँ किसानले २० वर्षदेखि निरन्तर रूपमा काँक्रो र गोलभेँडाको बिउ उत्पादन गरेर राम्रो आम्दानी लिने गरेका छन् । सडक र सिचाई सुविधाले कृषकहरुलाई सहज भएको छ । सल्यानका कृषकले रोग किराको प्रकोप नियन्त्रणका गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट प्राविधिक सहयोगको अपेक्षा गरेका छन् ।

















काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया