रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

रौतहट । तस्करहरुले भारतीय बजारबाट भित्र्याएको बिभिन्न केमिकल युक्त अबैध माछा रौतहट स्थित प्रहरी गस्ती टोलीले बरामद गरी नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका १ स्थितमा चेकजाँच गर्ने क्रममा अवैद्य भारतीय माछा बोकेको विआर ०३० ए बी ३२४८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको १५० किलोग्राम माछा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल तर्फ केमिकल युक्त माछा ल्याई बिक्री वितरण गर्न रोक लगाएको छ। भारतको आन्ध्र प्रदेशबाट अवैध रूपमा ल्याईने त्यस्तो माछा न बिग्रिन उनीहरूले प्रयोग गर्ने केमिकल मानव स्वास्थको लागि अतिनै हानिकारक हुनेगरेको चिकित्सकहरुको भनाई रहेको छ ।










इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया