रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

रौतहट । तस्करहरुले भारतीय बजारबाट भित्र्याएको बिभिन्न केमिकल युक्त अबैध माछा रौतहट स्थित प्रहरी गस्ती टोलीले बरामद गरी नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका १ स्थितमा चेकजाँच गर्ने क्रममा अवैद्य भारतीय माछा बोकेको विआर ०३० ए बी ३२४८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको १५० किलोग्राम माछा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल तर्फ केमिकल युक्त माछा ल्याई बिक्री वितरण गर्न रोक लगाएको छ। भारतको आन्ध्र प्रदेशबाट अवैध रूपमा ल्याईने त्यस्तो माछा न बिग्रिन उनीहरूले प्रयोग गर्ने केमिकल मानव स्वास्थको लागि अतिनै हानिकारक हुनेगरेको चिकित्सकहरुको भनाई रहेको छ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया