सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छः उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ ।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे ।
उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए। ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको उनले बताए ।
“तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहनुभएका उनले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरु उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
“प्रदेश संरचनालाई लिएर धेरै जिज्ञाशा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ”, उनले भने । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरु मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राखे।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया