गोदामबाट सामान चोरी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएका २७ वर्षीय सोनु गदाल, भक्तपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २८ वर्षीय अनिश थापा र भक्तपुर मध्यपुर ठिमी बस्ने नवलपरासी रामनगर सुनौल नगरपालिका-१ घर भएकी ४६ वर्षीया ममता घले रहेका छन् ।
उक्त गोदामबाट शिशु अनुगामी पावडर ब्राण्डका सामानहरू गत वैशाख ३१ गते दिउँसो चोरी भएको घटना अनुसन्धानको क्रममा सोही गोदाममा काम गर्ने उनीहरूको संलग्नता रहेको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।
















२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया