भूकम्प गएको सात महिना बितिसक्दा पनि अस्थायी आवास बन्न सकेन

काठमाडौँ।राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित जिल्लाको अवस्थाका बारेमा गृह मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ ।
समितिका सदस्यहरु सम्मिलित टोली भूकम्प प्रभावित सल्यान, रुकुमपश्चिम र जाजरकोटको स्थलगत अवलोकन भ्रमण गरेर फर्केपछि आज बैठक गरी त्यहाँको अवस्थाका बारेमा छलफल गरी विस्तृत जानकारीका लागि गृह मन्त्रालयलगायत सरोकार भएका निकायलाई बोलाउने निष्कर्षमा पुगेको सभापति मायाप्रसाद शर्माले बताए।
गृह मन्त्रालयसँग समन्वय गरी चाँडै अर्को बैठक बस्ने उनले बताए। आजको बैठकमा सांसदहरूले भूकम्प गएको सात महिना बितिसक्दा पनि अस्थायी आवास बन्न नसकेको, भूकम्प प्रभावित क्षेत्रमा खानेपानीका मूल सुकेकाले प्रभावितले दुःख पाएको, पुनःस्थापनासम्बन्धी कार्यविधिमा आएका अप्ठ्यारा समाधान हुनुपर्नेमा सांसदहरुले जोड दिएका थिए ।
बैठकमा सांसदहरू मदनकुमारी शाह (गरिमा), श्रीकृष्ण अधिकारी, सुमित्रा बिसी, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, रेनु चन्द, युवराज शर्मा, गोपाल भट्टराई, रुक्मिणी कोइराला, गोमादेवी तिमल्सिनालगायतले वर्षाअगावै भूकम्प प्रभावित जिल्लाका पीडितका लागि अस्थायी आवासको सुनिश्चितता गरिनुपर्नेमा जोड दिएका थिए ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पले जाजरकोट, सल्यान र रुकुमपश्चिमका हजारौँ जनता प्रभावित भएका थिए ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया