मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेशसभाका सदस्यहरुले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता गरे ।
उनले मधेस प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने हुँदा काम गर्ने वातावरण बनाउनका लागि सहयोग गर्न आग्रह गरे । यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी राउतले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरिएको हो ।
गत मङ्गलवार मधेस प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया