ओमानमाथि इङल्याण्डको शानदार जित

काठमाडौँ । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अल आउट भएको थियो । ओमानका लागि शोयब खानले ११ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन ।
इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिएका थिए ।
यो फर्किलो जितले इङल्याण्डको सुपर आठको सम्भावनालाई कायमै राखेको छ । इङल्याण्डको ३ खेलमा ३ अंक भएको छ । समुह बी बाट अस्ट्रेलियाले ३ खेलमा तिनै खेल जितेर ६ अंकसहित सुपर आठमा पुगिसकेको छ भने भने स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै इङल्याण्ड ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । यस समुहबाट नामिबिया र ओमान बाहिरिइसकेका छन् ।
अब अस्ट्रेलियाले स्कटल्याण्डसँग जुन १६ मा र इङल्याण्डले नामिबियासँग जुन १५ मा खेल्ने तालिका रहेको छ । अब अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा र इङल्याण्डले नामिबियालाई पराजित गरेमा मात्र इङल्याण्ड सुपर आठमा पुग्ने छ ।
















अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया