काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ । आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले राससलाई बताए ।
उनले भने, “स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।” कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए ।
विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
















जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया