रुसको नदीमा डुबेर मृत्यु भएको तीन भारतीय विद्यार्थीको शव स्वदेश फिर्ता

रुसको नदीमा डुबेका तीन भारतीय विद्यार्थीको पार्थिव शरीर बिहीबार राति मुम्बई एयरपोर्ट ल्याइएको छ।
रुसको भेलिकी नोभगोरोडमा अवस्थित यारोस्लाव–द–वाइज नोभगोरोड स्टेट युनिभर्सिटीमा अध्ययनरत चार भारतीय विद्यार्थीहरू जुन ७ मा भोल्कोभ नदीमा डुबेका थिए।
तीन विद्यार्थीहरू जिसन अस्पक पिन्जारी, जिया फिरोज पिन्जारी र हर्षल अनन्तराव देसाको शव भारत फिर्ता ल्याइएको हो ।
रुसस्थित भारतीय दूतावासले गत हप्ता शुक्रबार एक विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई जलाशयहरूमा जाँदा अत्यन्त सावधान रहन आग्रह गरेको थियो।
“रुसमा समय–समयमा यस्ता दुर्भाग्यपूर्ण घटनाहरू भइरहेका छन्। यस्ता घटनामा यस वर्ष अहिलेसम्म चार जना भारतीय विद्यार्थीको ज्यान गइसकेको छ “, मस्कोस्थित भारतीय दूतावासले जनाएको छ।
“सन् २०२३ मा दुईवटा घटना र सन् २०२२ मा डुबेर भारतीय विद्यार्थीहरूको मृत्यु भएको छ वटा घटना थिए“, केही विगतका तथ्याङ्कहरूलाई उद्धत गर्दै दूतावासले जानकारी गरायो ।
दूतावासले रुसमा रहेका भारतीय विद्यार्थीहरूलाई समुद्र तट, नदी, ताल, पोखरी र अन्य जलाशयहरूमा जाँदा अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ। विद्यार्थीहरूलाई यस सन्दर्भमा सबै आवश्यक सावधानी र सुरक्षा उपायहरू अपनाउन सल्लाह दिइन्छ।
विदेश मन्त्रालयले रुसको विश्वविद्यालयमा अध्ययनरत महाराष्ट्रको जलगाँव जिल्लाका चार भारतीय विद्यार्थी भोल्कोभ नदीमा डुबेर मृत्यु भएको र पाँचौँ विद्यार्थीलाई सुरक्षित उद्धार गरिएको बताएको थियो।
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया