पुर्जाखोलाको पानीले बाँसबोट हराभरा (भिडियाे)
पर्वत । पुर्जाखोला सिचाई आयोजना निर्माण भएपछि पर्वतको जलजला गाउँपालिका–७ बाँसबोटको फाट हराभरा भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।
गण्डकी प्रदेश सरकारको बजेटमा खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय पर्वत मार्फत २ वर्षअघि शुरु भएको पुर्जाखोजा सिचाई आयोजनाले पूर्णता पाएसँगै खडेरीमा पनि बाँसबोटको फाँट हराभरा बनेको हो ।
बास्कोटका साथै फोक्सीङ, छहरा र एकपाटेका ३ सय घरधुरी कृषकको ६२० रोपनी जमिनमा सिचाई सुविधा पुगेको छ ।
रु। १ करोड ३३ लाख ६४ हजार ३४१ म ठेक्का सम्झौता गरेको तुलाचन कन्ट्रक्सनले जलजला गाउँपालिका–९ को सिमानामा रहेको पुर्जाखोलामा मुहान, मुहान देखि ३ हजार ८८० मिटर २०० एमएम क्षमताको पाइपलाईन, इन्टेक, वितरण च्याम्बर, ८ ठाउँमा पाइप क्रसिङ पुल लगायतका संरचना निर्माण गरेको छ । थप १ किलोमिटर नहर बनाउन बाँकी भएपनि कच्चि नहरबाट पानी चलाइएको छ ।
सिँचाइ सुविधा पुगेपछि ताजा तरकारी उत्पादन गरेर किसानले राम्रो आम्दानी लिन थालेको उहाँको भनाइ छ कतबारीमा गोलभेँडा, काँक्रा, घिरौला, करेला, काउली लगायतका ताजा तरकारी फलेको छ । असारको पहिलो हप्ता नै खेत रोपाइको तयारीमा कृषकहरू जुटेका छन् ।
खडेरीमा पनि सिँचाई गरेर ताजा तरकारी उत्पादन हुनथालेपछि कृषकको मुहारमा खुसी छाएको छ ।
सिँचाइको सुविधाले धाईरिङका किसानहरूको आम्दानीको स्रोत बढ्ने र अबको दुईचार वर्षभित्र जनजीवनमा धेरै परिवर्तन आउन थालेको छ ।


















अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया