पुर्जाखोलाको पानीले बाँसबोट हराभरा (भिडियाे)
पर्वत । पुर्जाखोला सिचाई आयोजना निर्माण भएपछि पर्वतको जलजला गाउँपालिका–७ बाँसबोटको फाट हराभरा भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।
गण्डकी प्रदेश सरकारको बजेटमा खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय पर्वत मार्फत २ वर्षअघि शुरु भएको पुर्जाखोजा सिचाई आयोजनाले पूर्णता पाएसँगै खडेरीमा पनि बाँसबोटको फाँट हराभरा बनेको हो ।
बास्कोटका साथै फोक्सीङ, छहरा र एकपाटेका ३ सय घरधुरी कृषकको ६२० रोपनी जमिनमा सिचाई सुविधा पुगेको छ ।
रु। १ करोड ३३ लाख ६४ हजार ३४१ म ठेक्का सम्झौता गरेको तुलाचन कन्ट्रक्सनले जलजला गाउँपालिका–९ को सिमानामा रहेको पुर्जाखोलामा मुहान, मुहान देखि ३ हजार ८८० मिटर २०० एमएम क्षमताको पाइपलाईन, इन्टेक, वितरण च्याम्बर, ८ ठाउँमा पाइप क्रसिङ पुल लगायतका संरचना निर्माण गरेको छ । थप १ किलोमिटर नहर बनाउन बाँकी भएपनि कच्चि नहरबाट पानी चलाइएको छ ।
सिँचाइ सुविधा पुगेपछि ताजा तरकारी उत्पादन गरेर किसानले राम्रो आम्दानी लिन थालेको उहाँको भनाइ छ कतबारीमा गोलभेँडा, काँक्रा, घिरौला, करेला, काउली लगायतका ताजा तरकारी फलेको छ । असारको पहिलो हप्ता नै खेत रोपाइको तयारीमा कृषकहरू जुटेका छन् ।
खडेरीमा पनि सिँचाई गरेर ताजा तरकारी उत्पादन हुनथालेपछि कृषकको मुहारमा खुसी छाएको छ ।
सिँचाइको सुविधाले धाईरिङका किसानहरूको आम्दानीको स्रोत बढ्ने र अबको दुईचार वर्षभित्र जनजीवनमा धेरै परिवर्तन आउन थालेको छ ।













मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
President Paudel pays tributes to nation builder Prithvi Narayan Shah
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया