बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१(०८२ को बजेट आज सार्वजनिक हुँदैछ । प्रदेशसभाको आज बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक हुने कार्यसूची रहेको छ ।
सरकारको बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नेछन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री थपलियाका अनुसार प्रदेश सरकारको आय स्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण गरिएको छ । प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने मन्त्री थपलियाको भनाई छ । कर, दस्तुर र सङ्घीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले पनि चालु आर्थिक वर्षको हाराहारीमै बजेट ल्याउने उनले बताए ।
उनका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माण गरिरहेको छ । सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बजेट तर्जुमा गरिएको उनले बताए । ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उनको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सिपजस्ता क्षेत्र सरकारको प्राथमिकतामा रहेको उनले बताए ।
शिक्षा स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न र आधारभूत आवश्यकता पूर्ति तथा सुशासनका क्षेत्रमा सरकारले लगानी गर्ने तथा रोजगारी सिर्जना सरकारको विशेष प्राथमिकताको क्षेत्र रहेकाले कृषि, पर्यटन, उद्योग लगायतको क्षेत्रमा लगानी बढाउने उनले बताए । प्रदेश सरकारले बजेटलाई विवाद रहित बनाउन प्रति सांसद ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।











क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया