राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

काठमाडौँ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता टोलीलाई रु पाँच लाख प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु एक लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई रु ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही रु २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
उक्त नवौँ संस्करणको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई रु ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिनेसमेत आयोजकका अध्यक्ष रञ्जन खड्काले बताए । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४० लाख लाग्ने आयोजकले जनाएको छ ।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया