फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा निर्वाचन लड्ने बताएका छन् ।
बिहीबार धुम्बाराहीमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्ताे घाेषणा गरेका हुन् । उनले आफू महामन्त्रीभन्दा तल लड्न नमिल्ने र महामन्त्रीभन्दा माथिल्लो पदमा लड्न तयार भइनसकेको बताए ।
‘१४ औँ महाधिवेशनमा म महामन्त्री लडेँ तर, सफल भइनँ । अहिले म त्योभन्दा तलको पदमा लड्न मिलेन,’ उनले भने, ‘त्यहाँभन्दा माथि जान मेरो परिस्थिति बनिसकेको छैन’ त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’
नेता पौडेलले अहिले समय अभाव देखाएर महाधिवेशनको मिति धकेल्ने प्रपञ्च भइरहेको पनि बताए । ‘अहिले समय अभाव भनेर लम्ब्याउने प्रपञ्च गरियो । यसमा मुख्य नेतृत्वको दोष छ,’ उनले भने, ‘धेरै चुनौती थपिएको बेला यसरी अधिवेशन अन्योलमा राख्न हुन्न ।’
नेता पौडेलले निर्वाचनअघि महाधिवेशन गरेर नेतृत्व परिवर्तन नभए पार्टीको सर्वनाक हार हुने धारणा राखे ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया