फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा निर्वाचन लड्ने बताएका छन् ।
बिहीबार धुम्बाराहीमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्ताे घाेषणा गरेका हुन् । उनले आफू महामन्त्रीभन्दा तल लड्न नमिल्ने र महामन्त्रीभन्दा माथिल्लो पदमा लड्न तयार भइनसकेको बताए ।
‘१४ औँ महाधिवेशनमा म महामन्त्री लडेँ तर, सफल भइनँ । अहिले म त्योभन्दा तलको पदमा लड्न मिलेन,’ उनले भने, ‘त्यहाँभन्दा माथि जान मेरो परिस्थिति बनिसकेको छैन’ त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’
नेता पौडेलले अहिले समय अभाव देखाएर महाधिवेशनको मिति धकेल्ने प्रपञ्च भइरहेको पनि बताए । ‘अहिले समय अभाव भनेर लम्ब्याउने प्रपञ्च गरियो । यसमा मुख्य नेतृत्वको दोष छ,’ उनले भने, ‘धेरै चुनौती थपिएको बेला यसरी अधिवेशन अन्योलमा राख्न हुन्न ।’
नेता पौडेलले निर्वाचनअघि महाधिवेशन गरेर नेतृत्व परिवर्तन नभए पार्टीको सर्वनाक हार हुने धारणा राखे ।
















महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
काराेबारसँगै बढ्यो सेयर बजार
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया